Breaking News
मंसिरमा महाधिवेशनबारे खुमलटारमा नेपाल र खनाललाई प्रचण्डको बिफ्रिङ

काठमाडौँ, साउन ४–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा रहेको विवादको नयाँ मोडबारे वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायतलाई ब्रिफिङ गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग मंसिरमा महाधिवेशन गर्ने सहमति भएकोबारे भएको चर्चासँगै आइतबार बिहान छलफलका लागि खुमलटार पुगेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले वालुवाटारमा कुनै सहमति नभएको बताएका हुन् ।
प्रचण्डले खुमलटारस्थित निवासमै बोलाएर आफूपक्षीय शीर्ष नेताहरुलाई बिफ्रिङ गरेका हुन् ।
शनिबार सचिवालय बैठक सकिएलगत्तै ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । शीतल निवासबाट झण्डै दुई घण्टापछि उनीहरु फर्केका थिए ।
प्रचण्डले राष्ट्रपति भण्डारीसँग भएको भेटबारे पनि नेताहरुलाई बिफ्रिङ गरेको श्रोतले बताएको छ ।
मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा दाहालले सहमति जनाएको संकेत दिएपछि पार्टीको विवाद तत्कालका लागि साम्य भएको अनुमान गरिएको छ ।























