Breaking News

नेकपाको स्थायी कमिटी बैठक आज, महाधिवेशनको प्रस्ताव पेश हुने सम्भावना, विवाद हट्ने संकेत

Banner

काठमाडौँ, साउन ४–

पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ ।

महाधिवेशनको प्रस्ताव ल्याएर प्रधामन्त्री समेत रहेका सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि आएको संकट तत्कालका लागि समाधानको प्रयास गरेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो ।

शनिबारको केन्द्रीय सचिवालय बैठकमा ओलीले आउँदो मंसिरमा महाधिवेशन गर्ने मौखिक प्रस्ताव गरेकोमा त्यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सहमति जनाउने संकेत गरेपछि नेकपा भित्रको संकट तत्कालका लागि समाधान हुने तर्फ गएको जस्तो देखिएको छ ।

पार्टी एकताको काम नै पूरा नभएको अवस्थामा आउने मंसिरमै महाधिवेशन गर्न सम्भव नहुने नेपालको भनाइ छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ प्रकाशले मंसिरमा महाधिवेशन गर्न सक्ने अवस्था वा सम्भावना नरहेको भन्दै यो प्रस्ताव पार्टी भित्र देखिएको गम्भीर संकटबाट ध्यान हटाउने मनसायले आएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>