Breaking News
प्रधानमन्त्री ओलीको नयाँ प्रस्तावः एकताको महाधिवेशन मंसिरमै गरौं
०

काठमाडौं, साउन ३–
प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकताको महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव अघि सारेका छन् ।
आज (शनिबार) बसेको सचिवालय बैठकमा पार्टी भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्ष एवंम प्रधानमन्त्री ओलीले मंसिरमै महाधिवेशन गर्ने नयाँ प्रस्ताव गरेका हुन् ।
तत्काल आफू पार्टी र प्रधानमन्त्री दुवै पदबाट नहट्ने अडान राख्दै ओलीले यस्तो प्रस्ताव गरेका हुन् । तर ओलीको प्रस्ताव देखेर सचिवालयका नेताहरु चकित परेका छन् । उनीहरुले तत्काल ओलीको प्रस्ताव पत्याउन नसकिने बताउन थालेका छन् ।
आजको बैठक सकेर ओली र प्रचण्ड दुवै जना राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























