Breaking News

मनकामना केबुलकार तत्काल सञ्चालन गर्न कर्मचारीको माग

Banner

विनोद श्रेष्ठ,

मुग्लिन,साउन ३-

मनकामना मन्दिर दर्शनका लागि सञ्चालित देशकै पहिलो केबलकार मनकामना केबुलकारका कर्मचारीले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसाय खुल्ला गर्न माग गरेका छन् । कोरोना भाइरस महामारीले पारेको प्रभावलाई आत्मसात गर्दै केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसँग माग गरेका हुन् ।

चार महिना वितिसक्दा समेत केवलकार संचालन नहुँदा मजदुर कर्मचारी समस्यामा परेको कर्मचारी युनियनका अध्यक्ष राजेन्द्र लामाले बताउनुभयो । उहाँले कम्पनी संचालक केबलकार चलाउन तयारी रहेको र कर्मचारी सुरक्षित रुपमा काम गर्न तयार भएकाले सरकारले यसका लागि स्वीकृत प्रदान गर्नुपर्ने बताउनुभयो । कम्पनीमा करिब १ सय ५० कर्मचारी कार्यरत छन् । कम्पनी बन्द हुँदा मजदुरलाई दैनिक चलाउन समेत समस्या भएको लामाले बताउनुभयो ।

यसअघि कम्पनीले लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै पर्यटन र धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन सरकारसंग आग्रह गरेको थियो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्रका साथै धार्मिक क्षेत्र समेत खुलाउनतर्फ सरकारले चासो दिनुपर्नेमा कम्पनीले जोड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>