Breaking News

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो

Banner

काठमाडौं, साउन २-

पछिल्लो २४ घण्टामा नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालको कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार ५३४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>