चितवन विशेष

चिकित्सक संघ चितवनको अध्यक्षमा डा.लोकबहादुर सेढाई चयन

Banner

चितवन,साउन २-

चिकित्सक संघ चितवनको अध्यक्षमा डा. लोकबहादुर सेढाई चयन भएका छन् । संघको बिहीबार भएको अधिवेशनले सेढाईको नेतृत्वमा तीन बर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा डा. भारतीदेवी शर्मा, उपाध्यक्ष डा. गुरुशरण शाह, सचिवमा डा. सूर्यप्रकाश सापकोटा, कोषाध्यक्षमा डा. मनोज कँडेल, सहसचिवमा डा.महेन्द्र अग्रहरी, सहकोषाध्यक्षमा डा.अनिल चौधरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा डा. रोहन झा, डा. पल्लभराज पौडेल, डा. शिव कँडेल, डा. विवेक कँडेल, डा. किरण देवकोटा, डा. प्रजिना भण्डारी चयन भएको निवर्तमान अध्यक्ष डा.प्रकाश खतिवडाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>