Breaking News
नवलपरासीका १८ सहित गण्डकी प्रदेशमा थपिए २५ कोरोना संक्रमित
०

पाेखरा, साउन २-
गण्डकी प्रदेशमा २५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पछिल्लो परीक्षणको क्रममा तनहुँका ७ जना र नवलपरासीका १८ जनामा संक्रमण देखिएको हो ।
तनहुँको म्याग्दे गाउँपालिकामा १७ र ३० वर्षीय पुरुष, भानु गाउँपालिकाका २७ र २२ वर्षीय पुरुष, व्यास नगरपालिकामा २७, १९ र २४ वर्षीय पुरुष तथा गैँडाकोटका ५ महिलासहित १८ जना गरी २५ जनामा संक्रमण देखिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























