Breaking News

जिल्ला प्रहरी कार्यालय चितवनमा कोरोना संक्रमणको आशंका, महिला सेल सिल

Banner

चितवन, साउन १-

कोरोना संक्रमणको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलको काम पूर्णतया बन्द ( सिल) गरिएको छ ।

प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले नारायणी अनलाइनलाई महिला सेलबाट काम कारबाही बन्द गरिएको बताए । उनले भने, ‘ कोरोनाको आशंकामा प्रहरी आइसोलेसनमा छन् । पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाइएको छ ।’ उनले महिला सेललाई सिल गरिएको नै नभने पनि कामकारबाही बन्द गरिएको नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>