कर्पोरेट

एनआईसी एशिया बैंकमा अनलाइनबाटै भौचर भर्न सकिने

Banner

चितवन, साउन १-

एनआईसी एशिया बैंकले खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको छ ।

ग्राहकले मोबाइल वा कम्प्युटरमार्फत आईसर्भएनआईसीएसियाबैँक डट कम लिंकमा गएर नगद रकम जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिने बैँकले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त लिंक भित्र पुगेपश्चात् सेवाग्राहीले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिनेछ र उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत् डिपोजिट कोड पठाइने र तत्पश्चात् उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैँकको शाखामा उपस्थित भई बिना कुनै नगद भौचर सोझै नगद काउन्टरमार्फत आफूले नगद जम्मा गर्न चाहेको खातामा नगद जम्मा गर्न सकिने बैँकले जनाएको छ ।

यसरी नगद जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैँकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि नगद बुझ्ने र यसपछि बैँकका कर्मचारीद्वारा नगद रकम जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैँकले ल्याएको अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग हुनेछ भने काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।

नगद जम्मा गर्ने सेवाको अलावा बैँकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवम् मौजात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस आईसर्भ मार्फत् सेवा दिइरहेको छ र उक्त सेवाहरू लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>