Breaking News

ओली र प्रचण्डबीच आज पनि बालुवाटारमा वार्ता

Banner

काठमाडौं, साउन १-

प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि बालुवाटारमा वार्तामा बस्दैछन् ।

बिहीबार बिहान ११ बजेपछि अध्यक्षद्वयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भएकाे हो ।

पार्टीमा बढेको विवादको विषयमा ओली र प्रचण्डबीच लगातार छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन । १० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ ।

प्रचण्डसँगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याउने गरेका छन् । उनीहरुबीच बुधबार पनि अढाई घण्टा छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>