Breaking News
सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता
०

सिन्धुपाल्चोक,साउन १-
गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति १ः३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो ।
पहिरोमा परी दुई घरका पाँच जना बेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताउनुभयो । प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























