कर्पोरेट

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

Banner

चितवन, असार ३१-

एनसेलका प्रिपेड ग्राहकले परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

एनसेल प्राइभेट लिमिटेडले जारी गरेको विज्ञप्तिमा नयाँ थिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ल्याएको उल्लेख गरिएको छ । यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्छन् ।

प्रिपेड ग्राहकले यस अफरअन्तर्गत सात दिन, १५ दिन वा ३० दिनको समय अवधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्ने एनसेलको विज्ञप्तिमा उल्लेख छ । ग्राहकले सात दिन समयसिमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहितमात्र ९५.७७ रुपैयाँमा लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रतिदिन सात दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहितमात्र १९१.५४ मा एक हजार ८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्छन् ।

साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याकअन्तर्गत ग्राहकले करसहित ३८१ं.७९ रुपैयाँमा चार हजार ५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्छन् ।

प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि सुचारु गर्न सक्छन् । जस्तै सात दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि १५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।
‘इन्डलेस कुराकानीप्लस’अफरको बारेमा एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप भ्वाइस अफर ल्याउन पाएकोमा हामी निकै हर्षित छौं । यी आकर्षक भ्वाइस प्याकले ग्राहकलाई परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थप मूल्य प्रदान गर्ने विश्वास लिएका छौं ।’  आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युबप्लस’अफर ल्याई सकेको र साथै ‘वायरफ्रीप्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरी सकेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘प्लस’थिमले नविन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको कम्पनीको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>