चितवन विशेष
कोरोना भाइरस सम्बन्धि नर्सिङ प्रमुखहरुसंग छलफल

चितवन, असार ३१–
धुम्रपान तथा सुर्तिजन्य पदार्थ एवंम कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रम भरतपुरमा गरिएको छ । आमा बच्चा स्वास्थ्य नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मनकामना अस्पतालमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश शिक्षा, स्वास्थ्य, कृषि समितिका सभापति घनश्याम दाहाल ‘अविनाश’ रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिमा नवलपरासी स्वास्थ्य कार्यालय प्रमुख तथा प्रशिक्षक केशव चापागाई, सिटिइभिटी बोर्ड सदस्य तथा मनकामना अस्पतालका निर्देशक ध्रवप्रसाद काफ्ले, मनकामना अस्पतालका संचालक तथा अनुसन्धान संस्था अध्यक्ष डा.शंकर ढकाल, भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङ सहभागि थिए ।
ईश्वरा तिवारीले संचालन गरेको कार्यक्रममा डा.कल्पना शर्मा, निजी तथा सरकारी अस्पतालका नर्सिङ प्रमुख तथा नर्सिङ इन्चार्जहरु सहभागि थिए ।
उनीहरुलाई कोरोना संक्रमणको बेलामा कसरी उपचारमा सक्रिय हुने, धुम्रपान तथा सुर्तिजन्य पदार्थका असरलगायतका बारेमा जानकारी गराईएको थियो । कार्यक्रम आमा, बच्चा स्वास्थ्य नेपालकी प्रमुख कविता खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























