Breaking News

चितवनमा थपिए ८ जना नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या १०८ पुग्यो

Banner

चितवन, असार ३१–

चितवनमा आज (बुधबार) बिहानै ८ जना कोरोना संक्रमित थपिएका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

ती सबै संक्रमित माडी नगरपालिकाका रहेको प्रयोगशालाकी प्रमुख डा.निती अधिकारीले जानकारी दिइन् । संक्रमित हुनेमा–१, ७ र ८ नम्बर वडाका १९ वर्षदेखि ३६ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । उनीहरु सबै माडीकै क्वारेन्टिनमा रहेका थिए ।

योसंगै चितवनमा कुल संक्रमितको संख्या १०८ पुगेको छ ।

मंगलबार प्रयोगशालामा कुल ३०८ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये २८९ नमुनाको रिपोट नगेटिभ आएको छ । चितवन जिल्ला भित्रका मात्र हालसम्म ६१ हजार बढीको नमुना परीक्षण भइसकेको छ ।

यस्तै चितवनमै गरिएको परीक्षणमा पूर्वी नवलपरासीको कावासोती र बुलिङटारका गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु पनि क्वारेन्टिनमा बसेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>