Breaking News

मेलम्चीको सुरुङमा बेपत्ता २ जनाकाे उद्धार

Banner

काठमाडौं, असार ३०-

मेलम्ची खानेपानी आयोजनाको सुरूङमा दुई जना बेपत्ता भएका छन् ।

हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

मंगलबार आयोजनाको सुरुङबाट पानी बाहिर निस्किन थालेपछि चार जनाको टोली सुरुङभित्र पसेको थियो। त्यसमध्ये दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको महर्जनले बताए।

उनीहरुको मेलम्ची अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी भइरहेको एसपी महर्जनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>