Breaking News

देशहरु खराब दिशामा छन्, कोरोनाभाइरसको संकट झनै भयावह हुने जोखिम बढ्यो : डब्लुएचओ

Banner

काठमाडौं, असार २९-

सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्, ‘धेरै देशहरु खराब दिशामा गइरहेका छन् ।’

संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनले बताए ।

‘मलाई सोझो भन्न दिनुहोस्, धेरै देशहरु गलत दिशातिर अघि बढिरहेका छन्, भाइरस अझै पनि आमजनताका लागि १ नम्बरकै दुश्मनको रुपमा रहिरहेको छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा भनेका छन् ।

उनले ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखानपरिसकेको’ बताउँदै भनेका छन्, ‘तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन् ।’

‘हामीले हाम्रा जनजीवनलाई पूर्णतः बन्द नगरिकनै वा एउटा लकडाउनदेखि अर्को लकडाउनसम्म नघिस्रिकने पनि यो भाइरसमाथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी छ,’ उनले भनेका छन् ।

विश्वव्यापी महामारीको हालको इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको छ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको तनाव बढ्दै जाँदा संक्रमण पनि त्यहाँ बढ्दै गएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु खडा गरिएको आरोप लगाउन थालेका छन् ।

उनले भन्न थालेका छन्, ‘परीक्षण गरेर संक्रमण बढी देखाइएको छ । बढी परीक्षण गरेपछि संक्रमण देखिन्छ नै ।’ तर स्वास्थ्य विज्ञले भने लकडाउन खुकुलो पार्नेसहितका काम अति चाँडो हुँदा मानिसको जीवन जोखिममा परेको बताएका छन् । ट्रम्प र स्वास्थ्य विज्ञबिचको तनाव उत्कर्षमा पुग्दा समस्या पनि थप बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>