चितवन विशेष

भानु जयन्तीमा ‘भानु काव्य गोष्ठी’

Banner

चितवन, असार २९–

२०७ औं भानु जयन्तीको अवसरमा आज (सोमबार) नारायणगढमा भानु काव्य गोष्ठी कार्यक्रम गरिएको छ ।

लायन्स क्लव अफ नारायणगढ र लायन्स क्लव अफ चितवन वाङ्मयको संयुक्त आयोजनामा लायन जीतबहादुर पिया व्यावसायिक तालीम केन्द्र, लायन्सचोकमा भानु काव्य गोष्ठी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा श्रष्टाहरुले भानु सम्बन्धि र अन्य विविध खालका कविता वाचन गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथी समेत रहेका लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का एरिया चिफ एवंम श्रष्टा प्रभाकर पण्डितले समेत कविता वाचन गरेका थिए । यस्तै नारायणगढ लायन्स क्लवका अध्यक्ष एवंम कार्यक्रमका सभापति केशवप्रसाद अधिकारीले कार्यक्रमका संयोजक पूर्व डिष्ट्रिक्ट गर्भनर प्रभात कुमार जोशीको कविता वाचन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का फस्ट भाइस डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट रहेका थिए ।

कार्यक्रमका अर्का सभापति लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष लायन रामहरि शर्मा कविता वाचन गर्दै समापन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>