मनोरञ्जन

डब्ल्यूएचओका प्रमुखको अवतार उतार्दा यस्तो देखिए मनोज गजुरेल

Banner

काठमाडौं,असार २९-

कोरोनाले चर्चामा ल्याएका यी पात्रलाई अब नेपालमै देख्न पाइने भएको छ । तर, सक्कली होइन नक्कली । चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेलले आगामी गाइजात्रामा आफूलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अवतारमा उतार्न लागेका हुन् । उनको प्रस्तुतिको एउटा टिजरसमेत सार्वजनिक भएको छ ।

कोरोनाको कारण मनोरञ्जन क्षेत्र सुनसान छ । नजिकिँदै गएका विभिन्न चाडपर्वहरु पनि प्रभावित हुने भएका छन् । हास्यकलाकारहरुको उत्सवका रुपमा रहेको गाइजात्राको पनि यसपालि खासै माहोल छैन । तर, पनि गजुरेल लगायतका केही हास्यकलाकार गाइजात्रे प्रस्तुतिका लागि जुटिरहेका छन् ।

गजुरेल भन्छन्, ‘यो बेला जोसँग जे विज्ञता छ, उसले त्यही धर्म निर्वाह गर्ने हो । यसमा हामीले महामारीबाट अन्योलग्रस्त र त्रसित मनहरुलाई हौसला र उत्प्रेरित गर्ने प्रयास गरेका हौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>