Breaking News
नारायणी नदी बहावले सतर्कता तह नाघ्यो, सतर्क रहन प्रशासनको आग्रह
०

चितवन, असार २९–
लगातारको वर्षाले नारायणी नदीको बहाव आज (सोमबार) फेरि उच्च भएको छ ।
नारायणीको बहावले सतर्कता तह नाघेको छ । देवघाटतर्फ पानीको सतह ७.८ मिटर पुगेको छ । यहाँ ७.३ मिटरलाई सतर्कता तह मानिन्छ । यस्तै नारायणी पुल तर्फ पनि सतर्कता तह नाघेको छ । यसतर्फ ११.४३ मिटर पुगेको छ ।
पानीको सतह बढ्दै गए यसको असर भरतपुर १६, २७ र २८ नम्बर वडामा बढी पर्ने देखिन्छ । त्यसैले ती ठाउँका बासिन्दालाई बेलुका सम्ममै सतर्क रहन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























