Breaking News
भारतीय सञ्चारमाध्यमको उच्छृङ्खल प्रस्तुतिबारे नेपालले पठायो कूटनीतिक नोट
०

काठमाडौं, असार २८-
केहि समययता भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ ।
सो नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्याएको बताइएको छ ।
‘न्यूनतम पेशागत मर्यादा पनि कायम नगरेकाे घृणाजनक अभिव्यक्तिले नेपाल र नेपालीको अपमान गर्ने र नियतवश सुरु गरिएका त्यस्ता अभियानले दुई देशबीचको सम्बन्धमा समेत खलल पुर्याउँछ,’ सो नोटमा भनिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























