Breaking News
चितवनको सडकमा व्यापार गरेर मासिक ६० हजार बढी आम्दानी

चितवन, असार २८-
रत्ननगर नगरपालिका–४ देवौलीका प्रविन थापा उमेरले ३८ वर्ष लागे । बिहान तीन बजेदेखि साँझ ११ बजेसम्म उनी चितवनको टिकौली राजमार्ग छेउमा फलफूल बेच्नमै व्यस्त रहन्छन् । ना १ च २९६७ नम्बरको कलेजी रंगको इलेक्ट्रिक रिक्सा चलाउँदै बिहान ६ बजे नै टिकौलीमा पुग्छन् । मौसमअनुसार उनी फलफूल रिक्सामा हालेर उनी टिकौलीतिर लाग्छन् । उनले एउटा छोरीलाई लगानी गरेर अष्ट्रेलिया पठाएका छन् भने विसं २०६३ सालदेखि नै उनले फलफूल व्यापार गरेर नै परिवार चलाइरहेका छन् । उनी फलफूल व्यापारबाट निकै खुसी र आनन्दित रहेको बताउँछन् ।
उनी सधै मुख्य व्यापार गर्न टिकौली सडक छेउमा आइपुग्छन् । उनी काममा यति व्यस्त छन् कि आराम गर्ने फुर्सद पनि छैन । उनले नारायणी अनलाइनलाई भने, ‘दैनिक दुई देखि तीन हजार आम्दानी गर्दा महिनाको ६० हजार बढी आम्दानी हुन्छ । घरमा खाना खाने फुर्सद पनि हुँदैन ।’ तीन लाख रुपैयाँ लगानी गरेर किनेको इर्–रिक्सा अहिले उनको परिवारमा बरदान सावित भएको छ ।
थापा त एक प्रतिनिधि पात्र मात्र हुन् । भरतपुरको सडकमा कोही इलेक्ट्रिक रिक्सा मार्फत् त कोही ठेलगाडा मार्फत गर्मी मौसमको चर्काे घामको परवाह नगरी विभिन्न वस्तुको व्यापार गर्ने धेरै छन् । सबैतिर हाटबजार बन्द हुँदा सडकका व्यापारीहरुले निकै राम्रो आम्दानी गरिरहेको देखिन्छन् । हेर्दा सामान्य जस्तो लागे पनि सडकमा गरिने व्यापार कसैको लागि जीवननिर्वाहको लागि निकै उपयुक्त साधन बन्न पुगेको छ ।
सप्तगण्डकी क्याम्पसमा १२ कक्षा पढ्दापढ्दै पढाइ खर्च जुटाउन खाजा घर खोलेका प्युठान मान्डवी गाउँपालिकाका कुमार विश्वकर्माको दिनचर्या पनि आजभोलि फेरिएको छ । १८ वर्षीय यी युवा कोरोनाको महामारीमा खाजा घर नचल्ने देखेपछि ठेलामा तरकारी बेच्न थालेका छन् । विश्वकर्माले नारायणी अनलाइनलाई भने, ‘महामारीको बेलामा समयअनुसार आफूलाई परिवर्तन गर्नको लागि नै मैले खाजा घर बन्द गरेर ठेला चलाउन थालेको छु ।’ उनले ठेलामा तरकारी व्यापार गर्न थालेको डेढ महिना भयो । मौसम अनुसार दिनको आठ हजारदेखि ९ नौं हजारसम्म व्यापार गर्ने उनले दिनको १५ सयदेखि दुई हजारसम्म कमाउँछन् । त्यही अनुपातलाई हेर्दा उनको मासिक आम्दानी ५० हजारदेखि ६० हजारसम्म सजिलै उनले उनले बताए ।

बिहान ३ बजे नै उठिसक्ने कुमार विश्वकर्मा एकैचोटी राति १० बजे पछि कोठामा फर्किन्छन् । भरतपुर महानगरपालिका–१० को ओमशान्ति चोकमा उनको कोठा छ । तरकारी बेच्दै टाढा टाढा पुग्दा उनको बिहान र बेलुका खाने ठेगान पनि हुँदैन । पानी परेर मौसमले साथ नदिँदा मात्र व्यापार रोकिने उनले बताए । सामान्यतया मौसम राम्रो हुँदा बिहान र साँझ पख बढी व्यापार हुने गरेको छ । उनले भने, ‘मौसम राम्रो भयो भने चितवनमा विश्वकर्माले भने, ‘मलाई काम गरेर खान लाज लाग्दैन । कमजोर आर्थिक अवस्था भएको मेरो परिवारको अहिले व्यापारले राहत मिलेको छ । ५० हजार जति ऋण थियो सबै तिरिसकेको छु । ’ उनी भरतपुरको हाकिमचोक, रमाइलो चोक हुँदै धेरै टाढा टाढासम्म पुगेर कोठामा फर्कन्छन् । सामान्य कामबाट मनग्य आम्दानी गर्न सडकको व्यापार निकै राम्रो माध्यम बनेको देखिन्छ ।

























