चितवन विशेष
विपद्को बेला राष्ट्रिय एकता कायम गर्नुपर्छः अध्यक्ष प्रचण्ड
०

चितवन,असार २८-
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को बेला राष्ट्रिय एकता कायम गर्नुपर्ने वताउनुभएको छ। बिपद् व्यवस्थापन समिति चितवनको बैठकलाई सम्बोधन गर्दे उहाँले राष्ट्रिय एकताका लागि आब्हान समेत गर्नुभयो । एकातिर कोरोना र अर्कोतिर बाढि पहिरोको बिपद् भईरहेको समयमा पाटिका विवादहरु सामान्य हुने उहाँको भनाइ थियो।
नेकपा भित्रको बिवादलाइ संकेत गर्दै उहाले बिपद्को बेला आन्तरिक कुरा गर्दा कसैलाई फाइदा नहुने जिकिर गर्नुभयो। नेकपाको बिबादबारेको बैठक चलिरहेकै बेला बाढिपहिरोको जोखिम बढेपछि बैठक रोकेर आफु चितवन आएको उहाँको भनार्इ थियो। अध्यक्ष दाहालले आफु चितवनको समग्र बिकास र सम्वृदिका लागि लागिपरेको उल्लेख गर्दे बाढि नियन्त्रण र रोकथामका लागि नारायणी ,राप्ती र रिउमा रिङरोड सहितको तटबन्धका लागि काम शुरु भैसकेको जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























