Breaking News

लगातारको वर्षाले कालिका नगरपालिकाका चार वडा डुबानमा

Banner

चितवन, असार २८–

लगातारको वर्षाले पूर्वीचितवनको कालिका नगरपालिकाका चार वटा वडाका विभिन्न टोल डुबानमा परेका छन् ।

लगातारको वर्षाले वडा नं. ६, २, ३, ७ का टोलहरु डुबानमा परेको शिवपचाङग टोलका लक्ष्मीनारायण चौलागाईले जानकारी दिए ।

यस्तै बाढीले सिदार्थ टोल र घिसिङ टोलका २० घर डुबाएको स्थानीय मणिरत्न पौडेलले जानकारी दिए ।

पुङखोरे खोला र घिसिङ कुलोबाट आएको बाढीले घर डुबानमा परेका हुन् । बाढीले बाटो समय डुबाएपछि हिडडुल गर्न पनि समस्या भएको छ । घिसिङ कुलोको बाध फुटेपछि बाढी बस्तीमा पसेको हो ।

लगातार वर्षा भइरहेकाले जिल्लाका विभिन्न स्थानमा घरहरु सामान्य डुबानमा परेका छन् ।

यस्तै शनिबार भरतपुर–७ को एक टोल पनि डुबानमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>