चितवन विशेष
अनेरास्ववियुका संयोजक महरले चितवनमा वृक्षरोपण गरेर जन्मदिन मनाए
०

चितवन, असार २७-
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरले भरतपुरको सप्तगण्डकी क्याम्पस परिसरमा वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
अनेरास्ववियु चितवनका नेता ऋषिकेश रेग्मीको पिता प्रेमप्रसाद रेग्मीको निधन भएकोमा शोक व्यक्त गर्न चितवन आएका महरले वृक्षरोपण गरेर जन्म दिन मनाएका हुन् । सोही अवसरमा उनले विद्यार्थीहरुसँग समसामयिक राजनीतिबारे विचार राख्दै उनले अहिले सरकार परिवर्तन गरिए जनतालाई धोका हुने बताए । कार्यक्रममा महरले जनताले पाँच वर्षको स्थायित्वको म्याण्डेड दिएको कुरा कोही कसैले बिर्सन नहुने उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























