चितवन विशेष
दुर्घटनाका घाइतेलाई साझा पार्टी चितवनद्वारा सहयोग
०

चितवन, असार २७-
साझा पार्टी चितवनले ट्याक्टर दुर्घटनामा घाइते भएका बाराका मंजुर अन्सारीलाई आर्थिक सहयोग गरेको छ ।
राजेन्द्र पंगेनीको संयोजनमा अमेरिकामा ५० हजार रुपैयाँ संकलन गरी साझा पार्टी चितवन मार्फत् आज सो रकम हस्तान्तरण गरिएको हो । साझा पार्टी चितवनका संयोजक भूपेन्द्र बस्नेतले घाइते अन्सारीका छोरा एहसान अन्सारीलाई सहयोग हस्तान्तरण गरे । गत वैशाखमा ट्याक्टरको रोटाभेटरमा दुर्घटनामा उनको दाँया खुट्टा घुँडासम्म काटिएको छ । अर्को खुट्टाको पनि अवस्था खराब छ । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालले आन्तरिक खर्च छुट दिए पनि जम्मा उपचार खर्च पाँच लाख रुपैयाँ लाग्ने बताइएको छ । आर्थिक अवस्था कमजोर भएकाले अन्सारीको उपचारका लागि सार्वजनिक आह्वान गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























