Breaking News

म्याग्दी पहिरो अपडेट : २० जनाको शव भेटियो, १३ अझै बेपत्ता

Banner

पर्वत, असार २७-

म्याग्दीमा बिहीबार रातिको पहिरोमा परी बेपत्ता भएकामध्ये २० जनाको शव फेला परेका छ । नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहानबाट उद्धार कार्य सुरु गरेपछि १७ जनाको शव भेटिएको हो भने शुक्रबार साँझसम्म ३ जनाको शव भेटिएको थियो।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अहिलेसम्म २० जनाको शव फेला परेको र १३ जना अझै पनि बेपत्ता रहेको बताए। शनिबार मौसममा सुधार आएकाले २ वटै हेलिकोप्टर सहजै घटनास्थलमा जान सक्दा उद्धार कार्य तीव्र रूपमा भइरहेको तर मृतकहरू कुन–कुन स्थानीय तहका हुन भनेर यकिन भने गरी नसकिएको उनको भनाई छ।

हेलिकोप्टरबाट ठुलो सङ्ख्यामा सुरक्षाकर्मी जान नसकेका कारण स्थल मार्ग हुँदै गइरहेको टोली पुगेपछि उद्धार कार्य अभैm तीव्र बन्ने छ । अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको धौलागिरी गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका गाउँपालिका ७ बिमका ३३ जनालाई बेपत्ता बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>