Breaking News

केएमसी अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु, नेपालमा मृतकको संख्या ३६ पुग्यो

Banner

असार, काठमाडौं २७-

सिनामंगलस्थित केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको उपचारका क्रममा अस्ति मृत्यु भएको थियो । मिर्गौलाको उपचार गराइरहेको पुरुषको कोरोनाको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको उक्त अस्पतालले जानकारी दिएको छ । उनी स्वासप्रश्वासको समस्याबाट पनि ग्रसित भएको अस्पतालले जनाएको छ।

कोरोना परिक्षणको रिपोर्ट हिजो शुक्रबार आएको हो। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ। मृत्युको स्वाथ्य मन्त्रालयले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ।

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>