Breaking News

अविरल वर्षाले उर्लियो नारायणी (फोटो/भिडियो)

Banner

चितवन, असार २७–

बिहीबारदेखिको अविरल वर्षाले नारायणी नदी उर्लिएको छ । नारायणी नदीको बहावले सतर्कता तह नाघेको छ ।

नारायणी नदी पुल र देवघाट क्षेत्रमा विहान ११ बजेदेखि नै सतर्कता तह नाघेको हो । नारायणीको बाढीले किनारमा रहेको हात्तीको मुर्ति र गौतमबुद्धको मुर्ति डुवानमा परेको छ ।

नारायणीमा पानीको बहाव बढेसंगै स्थानीहरु बाढी हेर्न किनार पुगेका छन् । यस्तै यही मौकामा माछा मार्ने व्यक्तिहरु समेत देखिन्थे । कोही बगेर आएको काठ उतार्नमा समेत व्यस्त देखिन्थे । नारायणी उर्लिएसंगै क्षति हुन सक्ने भएकाले चितवन प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हेर्नुहोस् नारायणी नदीको दृश्य ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>