Breaking News

नारायणीमा बाढीले सतर्कता तह नाघ्यो, रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह

Banner

चितवन,असार २६-

लगातारको वर्षातका कारण नारायणी नदीमा जलसतहले सतर्कता तह नाघेको छ। शुक्रबार दिउसो जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार नारायणी देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो। नारायणीमा अझै जलसतह बढ्न सक्छ। बाढीले खतरा पुग्‍न सक्ने भएकोले चितवन र नवलपरासीको तल्लो तटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>