समाचार
पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध
०

गलकोट, असार २६-
अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।
जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिनुभयो । पहिरोले करिब २५ मिटर सडक पुरेको छ ।
सडक अवरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन् । निरन्तरको वर्षात्का कारण लोकमार्ग खुलाउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ । यस्तै अविरल वर्षसँगै आएको पहिरोले बागलुङका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























