समाचार
ठगी गरेको आरोपमा ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ
०

काठमाडौँ, असार २६–
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्रीसहितका केही व्यक्ति पक्राउ परेको जानकारी दिए । उनले थप विवरण संकलनको काम भइरहेको बताए ।
विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै क्षेत्रीले चार करोड रुपयाँ माग गरेकाे बताइएकाे छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























