मकवानपुर

सिन्धुपाल्चोक घटनाः प्रदेश प्रमुखद्धारा मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त

Banner

हेटौंडा,असार २५-

बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।  आज एक विज्ञप्ती जारी गर्दै उहाँले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइतेहुने शिघ्रस्वास्थ्यलाभ र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले बेपत्ताको खोजी र उद्धार दु्रत र प्रभावकारी बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । केहिदिन देशभर बाढि पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन उहाँले सबैमा अनुरोध गर्नुभएको छ । आजै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री सालिकराम जम्मकट्टेल र वन, वातावरण तथा पर्यटनमन्त्री सरेश नेपाललगायतको टोली घटनास्थलमै पुगी उद्धार कार्यमा जुटिरहेका छन् ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>