Breaking News

चितवनमा थप एक पुरुषमा कोरोना संक्रमण

Banner

चितवन, असार २५–

चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमित पुरुष होम क्वारेन्टिनमा रहेको बताईएको छ ।

चितवनमा हिजो चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>