Breaking News

बाढीबाट भएकाे क्षति अवलोकन गर्न बाह्रबिसे उडेको हेलिकप्टर बीचबाटै फर्कियो

Banner

काठमाडौं, असार २५-

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

मौसम प्रतिकूल हुँदै गएका कारण सभामुखलगायत चढेको हेलिकोप्टर काभ्रेको धुलिखेलबाटै फर्किएको हो।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>