Breaking News

भोटेकोशीको बाढीले १५ घर बगायो, १८ बेपत्ता, २ शव फेला

Banner

सिन्धुपाल्चोक,असार २५-

भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>