Breaking News

चितवनका चार जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असार २४–

चितवनका थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बुधबार) गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका तीन जना र कालिका नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका भरतपुर–१७ र १८ का ३०, ३२ र ५५ वर्षीय तीन जना पुरुष रहेका छन् । यस्तै कालिका नगरपालिका–२ जुटपानीका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । ती पुरुषको जुटपानी अस्पतालमा स्वाब संकलन गरिएको हो ।

यस्तै आजै गैंडाकोट–१३ का ३१ वर्षीष् पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती व्यक्ति गैंडाकोटको क्वारेन्टिनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>