Breaking News
पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
०

काठमाडौं, असार २४-
पछिल्लो २४ घण्टामा नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























