Breaking News

स्थिर सरकारको माग गर्दै ओलीको पक्षमा चितवनका युवाहरुको प्रदर्शन

Banner

चितवन, असार २४-

राजनीतिक स्थायित्वको लागि पाँच  वर्षलाई  निर्वाचित केपी ओली सरकारको राजीनामा मागिएको विरोधमा भरतपुरमा युवा, विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

पार्टीभित्रबाटै ओली सरकारको राजीनामा मागिएपछि राजनीतिक स्थिरता र विकासको लागि असारको चर्काे घामको परवाह नगरी सयौ युवाहरु आज दिउँसो भरतपुरको चौविसकोठीमा राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटो सहित प्रदर्शनमा उत्रिएका हुन् ।

भरतपुरको चौबिसकोठीदेखि चितवन मेडिकल कलेजको गेटसम्म विभिन्न प्लेकार्ड बोकेर लामबद्धरुपमा प्रदर्शन गरेका थिए । विरोध सभाको समापन गर्दै चितवन वार एशोसिएसनका अध्यक्ष कमल पाठकले देशले गुमाएको भूमिसहितको राष्ट्रिय नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु विडम्वना भएको बताए । उनले भने, ‘ हामी कतिले केपी ओलीलाई चिन्दैनौं तर पनि राजनीतिक अस्थिरताको अन्त्य गर्दै हामी यसरी सडकमा प्रदर्शन गर्न बाध्य भएका छौ ।’ देशको आर्थिक विकास र समृद्धिको लागि पनि केपी ओली सरकार पाँच वर्षसम्म चल्नुपर्ने उनको विचार थियो । यसअघि पनि युवा तथा विद्यार्थीहरुले भरतपुरमा ओली सरकारको समर्थनमा प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>