कर्पोरेट

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’अफर

Banner

काठमाडौं, असार २३-

एनसेलले सबै फोरजी ग्राहकलाई अब भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्ने अवसर दिएको छ ।

एनसेलले जारी गरेको विज्ञप्तिमा प्रयोगकर्तालाई भिडियो सामग्रीहरु हेर्दा धेरै डाटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त गराउन यो अफर ल्याएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एनसेल प्राइभेट लिमिटेडले नयाँ ‘प्लस’थिमअन्तर्गत फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’अफर ल्याएको जनाइएको छ । एनसेलको ‘प्लस’थिमले नविन र विशेष सेवाको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको कम्पनीको दाबी छ । ‘प्लस’थिमअन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र १०० (कर सहितमात्र रु १२७.६९) मा एक साताभरी ४८० पीमा युट्युब भिडियो सामग्रीहरुकोे मजालिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले चार जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् ।

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबीअल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टाछुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् । ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले सात दिनसम्म मात्र रु २० (कर सहितमात्र २५.५३) मा ३५०० एमबी थप डेटा लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन् । त्यतिनै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबीको दरले सात दिनसम्म तीन हजार ५०० एमबी थप डेटाको मजालिन सक्नेछन् । आवश्यकताअनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा पनि लिन सक्ने एनसेलले जानकारी दिएको छ ।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने प्रतिबद्धता अनुरुपएनसेलले आफ्ना फोरजीग्राहकलाई लक्षितगर्दै यो आकर्षक योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ । सन् २०१७ मा फोरजी सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशको विभिन्न तदारुकताका साथ यो सेवाको विस्तार गरेको हो ।

भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युबअफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमा पहुँचमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । फोरजीअल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागि निकै सुलभ दरमा थप डेटासहितको यस अफरले ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>