Breaking News

दक्षिण कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

Banner

काठमाडौँ, असार २४-

दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण सिर्जना गर्न माग गर्दै उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

२ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् ।

सामाजिक दुरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, गरि खान दे सरकार, ‘उडान खोली जान दे सरकार’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौ भने लाखौ बेरोजगार युवाहरुको भविष्य नविगार जस्ता’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>