Breaking News

भारतमा कोरोनाबाट एकैदिन ४८२ को मृत्यु, मृतकको संख्या २० हजार ६ सय नाघ्यो

Banner

काठमाडौं, असार २४-

कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा पछिल्लो २४ घण्टामा ४८२ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार ७५२ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार ६४२ पुगेको छ । संक्रमितको संख्या पनि सात लाख ४२ हजार ४१७ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने नौ हजार २५० जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म एक लाख १८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार ६३६ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>