Breaking News
नेकपा स्थायी समिति बैठक फेरि स्थगित, अर्को बैठक २६ गते बस्ने
०

काठमाडौं, असार २४-
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ।
अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।
मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी समिति बैठक थप दुई दिनका लागि स्थगित भएको जानकारी दिए।
यही असर १० गतेदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएसँगै विवाद उत्कर्षमा पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























