Breaking News

सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण

Banner

काठमाडौं, असार २४-

मंगलबार सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएकामध्ये कैलालीका ११ पुरुष र ६ महिला तथा अछामका ९ पुरुष र ७ महिला रहेका छन् । त्यसैगरी, बाजुराका ३९ पुरुष र १५ महिला, बैतडीका १० पुरुष र २ महिला, डोटीका ४ पुरुष र ३ महिला, डडेल्धुराका १ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>