चितवन विशेष

दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा डुबेर युवक बेपत्ता

Banner

चितवन,असार २३-

दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एकजना युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा बेपत्ता भएका हुन् ।

नारायणी नदी किनारको प्रदर्शनी मैदान नजीकैबाट दाउरा टिप्न जाने क्रममा नदीले बेपत्ता बनाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार आज दिउँसो साढे ४ बजेको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा परियारलाई नदीले बेपत्ता बनाएको हो । परियारको खोजी जारी रहेको रेग्मीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>