Breaking News
चितवनका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, असार २३–
चितवनका थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (मंगलबार) गरिएको परीक्षणमा माडीका चार जना र रत्ननगरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार संक्रमित हुने व्यक्तिहरुमा माडी नगरपालिका–२ का ४४ वर्षीय पुरुष, माडी नगरपालिका–६ का २४, २६ र ४५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै रत्ननगर नगरपालिका–७ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । उनीहरु पाँच जना नै क्वारेन्टिनमा रहेका छन् ।
भरतपुरमा आज (मंगलबार) २२३ वटा नमुनाको परीक्षण गरिएको थियो । बाँकी २१८ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























