चितवन विशेष
भरतपुरमा बोरामा पोको पारेर फालिएको बेवारिसे शव फेला
०

चितवन,असार २३-
चितवनमा एकजनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका १० मैयाँदेवी कन्या कलेजको कम्पउण्ड नजिकै एउटा बेवारिसे शव फेला परेको हो । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।
सडकमा हिँड्ने मानिसहरूको कुटपिटबाट मारिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























