चितवन विशेष

रत्ननगरको शहिद स्मृति बाल उद्यानमा लायन्स क्लबको वृक्षरोपण

Banner

चितवन, असार २२-

वातावरण संरक्षणको लागि लायन्स तथा लियो क्बलहरुले रत्ननगर नगरपालिका–१ मा रहेको शहिद स्मृति बाल उद्यानमा आज वृक्षरोपण गरेका छन् ।

उद्यानमा विभिन्न प्रजातिका ५० बढी बिरुवाहरु लगाइएको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले आज रोपिएका विरुवाको संरक्षण पनि लायन्स तथा लियोले नै गनुपर्ने बताए । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं १ का अध्यक्ष शंकरसिंह तामाङले जनचासोका यस्ता कार्यक्रममा अझै लाग्न लायन्सकर्मीलाई अनुरोध गरेका थिए ।

पूर्वी चितवनमा सक्रिय लायन्स क्लब अफ रत्ननगर, लायन्स क्बल अफ राइनो सिटी, लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर पिस तथा लियो क्लब अफ रत्ननगर मिड नेपाल र लियो क्लब अफ रत्ननगर पिसको आयोजनामा सो वृक्षरोपण भएको हो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक डिपार्टपेन्ट चिफ शुरेशचन्द्र आचार्यको संयोजना भएको कार्यक्रममा डिष्ट्रिकका डेपुटी कोअर्डिनेटर योगेन्द्रनाथ अधिकारी, दिपेन्द्र खतिवडा, मूल्याङ्कन प्रमुख प्रकाशचन्द्र भट्टराई, एरिया नं ३ का एरिया चिफ प्रभाकर पण्डित , डिष्ट्रिकका रिजन जोन चियर पर्सन तथा लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष किशोर चालिसेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>