Breaking News
बालुवाटारमा निर्णायक वार्ता सुरु

काठमाडौं, असार २१–
प्रधानमन्त्री निवास बालुवाटरमा सत्तारुढ दलको निर्णायक वार्ता सुरु भएको छ ।
शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल बालुवाटार फर्किएपछि अहिले निर्णायक भनिएको वार्ता सुरु भएको हो ।
यो बैठकबाट निस्किने निश्कर्षकै आधारमा नेकपाको अस्तित्व छिनोफानो हुनेछ । बैठकमा प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै सहयोगीको रुपमा ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल, प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।
यसअघि भएको बैठकमा शंकर पोखरेल र वर्षमान पुन सहभागि थिएनन् ।
विवाद मिलाउनकै लागि भने नेकपा स्थायी कमिटीको बैठक भोलि (सोमबार)सम्मका लागि स्थगित गरिएको छ । आज दुई अध्यक्षलाई विवाद मिलाउन निकै दवाब परेको छ । आजको बैठकले कुनै निश्कर्ष निकाल्न नसके नेकपा फुटको अवस्थामा पुग्ने छ ।






















