चितवन विशेष

वातावरण स्वच्छ बनाउन युवाहरुको ६० दिने अभियान

Banner

चितवन, असार २०–

चितवनमा वातावरण स्वच्छ बनाउने उद्देश्यले युवाहरुले ६० दिने अभियान सुरु गरेका छन् । ‘क्लिन चितवन, ग्रीन चितवन र बेटर चितवन’ भन्ने नारासहित युवाहरुले ६० दिने अभियान संचालन गरेका हुन् ।

सो अभियान अन्तरगत आज (शनिबार) नवौं दिन पूर्वीचितवन रत्ननगरस्थित सहिद स्मृति बहुमुखी क्याम्पस परिसरमा सरसफाई गरिएको छ । अभियानका संयोजक एवंम सामाजिक अभियन्ता सरोज भण्डारीले वातावरण सफासंगै राजनीतिक प्रदुषण, भ्रष्टचार अन्त्यका लागि युवाहरुले ६० दिने अभियान सुरु गरेको बताए ।

उनले यस अभियान अन्तरगत हरेक दिन सरसफाईसंगै वृक्षरोपण कार्यक्रम समेत गर्दै आइरहेको बताए । उनले भने–‘हाम्रो नाराले नै सबै अर्थ बोलेको छ, चितवनलाई हरेक दृष्टिकोणले सफा राख्ने हाम्रो अभियान हो ।’

उनले प्रत्येक दिन विभिन्न क्लवका प्रतिनिधि र युवाहरुको सहभागिता हुने गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>