Breaking News
कोरोनाका कारण थप दुई जनाको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

काठमाडौं, असार २०-
नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि गरे।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुष र रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् ।
गोरखाका पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको हो । उनीअसार १७ गते कतारकाटा आएका थिए भने १९ गते कोरोना पोजिटिभ देखिएको थियो।
त्यस्तै रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय क्षयरोगको रोगी रहेको र उनको असार १७ गते मृत्यु भएको र १८ गते कोरोना पोजिटिभ रिपोर्ट आएको प्रवक्ता गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ।
























